Sun. Feb 23rd, 2025

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले र बलिउड नायक सलमान खान निकै नजिकका साथी जस्ता मान्निछन् । किनकी नरेन्द्र मोदीले प्रधानमन्त्रीका लागी चुनाब लड्दा सलमानले नरेन्द्र मोदीको चुनावी प्रचार प्रसारमा समेत हिडेका थिए । त्यसपछि नरेन्द्र मोदी सलमानसँग निकै नजिक भएका हुन् । त्यहि क्रममा मोदीले सलमानलाई स्वच्छ भारत अभियानमा गरेको सहयोगको प्रसंशा गरेका हुन्। फिल्म बजरंग भाइजानको सुटिङमा सलमानले तीनवटा गाउँमा रङ लगाइ दिएका थिए। उनले आफ्ना फेसबुक फ्यानलाई स्वच्छ भारत अभियान सहभागी हुन आह्वान पनि गरेका छन्। खानले प्रत्येक महिना आफ्ना फ्यानबाट सय जनालाई स्वच्छ भारत अभियानमा सहभागी गराउने बताएका छन्। मोदीले सलमानको यही कदमको प्रसंशा गर्दै उनलाई बधाइसमेत दिएका छन्।