Thu. Apr 25th, 2024

पूर्व मिसवल्र्ड तथा बलिउड नायिका ऐश्वर्या राय अन्ततः चलचित्र ‘जज्बा’ मार्फत कमव्याक गर्ने भएकी छिन् । अबको केहि दिन भित्रमा नै चलचित्र जम्बाको सुटिङ हुने बताइएको छ । तर भर्खरै स्कुल जान मात्र थालेकी ऐश्वर्या राय बच्चनकी छोरी अराध्यलाई निर्माण संस्थाले ऐश्वर्याकी आमा छोरीका लागि विषेश किसिमको वेनिटी निर्माण गरेको छ । जहाँ सुटिङ नभएको बेला ऐश्वर्या छोरीसँगै आरामले बस्न पाउनेछिन् ।

Aishwarya-Rai-with-daughter-Aaradhya-Bachchan

ऐश्वर्या सुटिङमा गएको बेला छोरीले खेल्ने, पढ्ने सुविधा पाउनेछिन् । छोरीको चिन्ताले फिल्म खेल्न आनाकानी गरेकी ऐश्वर्यालाई चलचित्र निर्माण संस्थाले छोरी अराध्याको सम्पूर्ण ब्यबस्था गर्ने आश्वासन दिने भएपछि अब रायले फिल्म खेल्ने भएकी छिन् । आमा बनेपछि ऐश्वर्याले पहिलो पटक ‘जज्बा’मा अभिनय गर्न लागेकी हुन् । बलिउड अभिनेता अभिषेक बच्चनसँग बैबाहिक जीवनमा बाधिएपछि बलिउड चलचित्रमा खासै नदेखिएकी ऐश्वर्या रायले जम्बा बाट बलिउडमा फेरी प्रवेश गरेकी हुन् । चलचित्र ‘जज्बा’को निर्देशन निर्देशक संजय गुप्ताले गर्ने भएका छन् । चलचित्रमा ऐश्वर्याका केही खतरानाक दृश्य पनि समाबेस गरिने जनाइएको छ । चलचित्रमा सबै एक्सनका दृश्य ऐश्वर्या स्वयंले दिने भएकी छिन् । यससगैं अभिनेत्री रायले अरु केहि चलचित्रमा समेत अभिनय गर्ने पक्का भइसकेको छ ।

%d bloggers like this: