Thu. Apr 25th, 2024

अहिले धेरैले भन्ने गरेका छन् ‘दुख भनेको कस्तो हुन्छ त्यो समाजसेवी चरिमायालाई गएर सोध’,हो आजकाल यो शब्दले धेरैको मन रुवाएको छ,किनकी समाजसेवी चरिमायाको जीवनी सायद जो कोहिले मन थामेर सुन्नै सक्दैंन । सोह्र वर्षकै उमेरमा दलालको ललाइफकाईमा परी भारतको मुम्बईमा बेचिएकी चरिमाया अहिले सबैको उदारहणको पात्र हुन् । १२ बर्षको उमेरमा मुम्बईमा बेचिदाँको कथा देखी आजसम्मको कथा अब दर्शकले पर्दामा देख्न पाउने भएका छन् ।

makmali

अर्थात अब उहि चरिमायाको जीवनमा आधारित भएर चलचित्र निर्माण हुने भएको छ । गरिब परिवारमा जन्मेकी एउटी नेपाली चेली भारतको कोठीमा बेचिएर भोग्नुपरेको यातनालाई समेटेर चलचित्र मखमली निर्माण भइरहेको छ । नायिका शुभेच्छा थापाको लगानीमा र राजु गिरीको निर्देशनमा तयार भइरहेको चलचित्र मखमलीमा चरिमायाको भूमिका शुभेच्छा थापा देखिने छिन् । सत्तरी प्रतिशतभन्दा बढी छायाङ्कन चरिमायाको जन्मथलो सिन्धुपाल्चोक जिल्लामै गरिने नायिका थापाले बताए । उनी अहिले मानव बेचबिखनविरुद्ध सक्रिय रुपमा काम गर्दै आएकी छिन् ।

%d bloggers like this: