चर्चित पपस्टार लेडी गागा हाल ‘विक्रम योगा’ गरिरहेकी छिन। उनले आफूलाई स्वस्थ्य राख्न एवम् वाइनको लत छुटाउनका लागि सो योगा गरिरहेको हुन। गागाले योग गर्नका लागि आफू बिहान ६ बजे नै उठ्ने गरेको बताएकी छिन। योगा गर्नकै लागि उनले आफ्नो व्यस्त कार्यतालिकालाई समेत परिमार्जन गरेकी छिन। उनी योगाबाट धेरै नै प्रभावित बनेकी छिन। गागाले यसका लागि फिटनेस ट्रेनर ट्रिसिया डोनेगनलाई आभार व्यक्त गरेकी छिन। उनले इन्सटाग्राममा यसको तस्विर पनि पोस्ट गरेकी छिन। पोस्ट गरिएको तस्वीरमा उनलाई न्यूयोर्कमा विक्रम योगा गरिरहेको देख्न सकिन्छ।