करोड क्लबको ‘आभाष’ तेस्रो हप्तामा

प्रदर्शनमा आएको एकहप्ता सम्मपनि चलचित्रहरु हलहरुमा टिक्न मुस्किल परिरहेको अबस्थामा पुष २५ गते अरु दुई चलचित्रसँग एकसाथ प्रदर्शनमा आएको चलचित्र आभाष आजबाट तेस्रो हप्तामा प्रवेश गरेको छ । प्रदर्शनमा आएको पहिलो हप्तामा नै आफ्नो लगानी सुरक्षित गरेर आभाषले दोस्रो हप्तामा करोडको व्यापार गरेको थियो । चलचित्रले हालसम्म करिब डेढ करोड भन्दा माथिको व्यापार गरिसकेको स्रोतले बताएको छ ।

चलचित्र तेस्रो हप्तामा प्रवेश गरेपनि काठमाडौंका मल्टिप्लेक्स हल देखी अन्य हलहरु र उपत्यका बाहिरका विभिन्न हलहरुमा चलचित्र आभाष प्रदर्शन भइरहेको चलचित्रका निमाता गोविन्द शाहीले बताएका छन् । चलचित्र प्रदर्शनमा आउँदा जतिवटा हलहरुमा आभाष प्रदर्शन भएको थियो हालसम्म कुनै पनि चलचित्रहलबाट आभाष नउत्रिएको निर्माता शाहीले बताए ।

aavas

अहिलेसम्म नेपाली चलचित्र नहेरेका दर्शकले आभाष हेर्न आएको जानकारी दिदैं कलाकार संयम पुरीले आभाषले दर्शकको मनजित्न सफल भएको दाबी गरे । यूवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको चलचित्र आभाषले यूवाबर्गको मात्र नभएर बच्चा देखी वृद्ध वृद्धासम्मको मनजितेको कलाकार संयमले जानकारी दिए ।

आभाषले सफलताका साथ तेस्रो हप्ता प्रवेश गरेपछि यति बेला धेरैले आभाषले ५१ दिन मनाउन सफल हुने अड्कल काटेका छन् । अहिले सम्म प्रदर्शनमा आएका सम्पुर्ण हल हाउसफुल भएका कारण चलचित्रले ५१ दिन मनाउन सफल हुने निर्माता शाहीले पनि जानकारी दिएका छन् । चलचित्र आभाषमा संयम पुरी,सलोन बस्नेत,आष्मा डिसी,निशा अधिकारी,प्रकृति श्रेष्ठ,गोविन्द शाही,सुनिल रावल लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन्प । पवन श्रेष्ठ, गोविन्द शाही र दिपक शाहीको लगानी रहेको चलचित्र आभाषलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।