Fri. Apr 19th, 2024

पुष २५ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र आभाष यति बेला देशभरका हलहरुमा हाउसफुल भएको चलचित्रका निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । नेपालमा करिब ६५ वटाहलहरुमा एकसाथ प्रदर्शन आरम्भ गरेको चलचित्र आभाषले पूर्वका जिल्लाहरुमा नेकपा माओवादीको बन्द आब्हान भएपनि आभाष हेर्न दर्शकको भिड दिन प्रतिदिन बढ्दै गएको हल सञ्चालकहरुले बताएका छन् ।

त्यस्ते काठमाडौं भित्र ५ वटा मल्टिप्लेक्स हलहरुमा पनि आभाष हाउसफुल भएको छ । चलचित्रका निर्माता गोविन्द शाहीका अनुसार प्रदर्शनमा आएको दिन भन्दा शनिबार र आइतबार ६० प्रतिशतले दर्शकको भिड हलमा आभाष हेर्न लागेको जानकारी दिएका छन् । आभाषसँग अरु थप दुई चलचित्र प्रदर्शनमा आएपनि अरु चलचित्रको तुलनामा आभाष माथि रहेको समेत निर्माता शाहीले जानकारी दिएका छन् ।

aavsa

आज आइतबार पनि काठमाडौं र काठमाडौं भन्दा बाहिरका सबै हलहरुमा आभाष हाउसफुल भएको जानकारी आफुसँग आएको निर्माता शाहीले बताए । चलचित्रको कथा बूस्तु देखी चलचित्रमा अभिनय गर्ने कलाकारहरुको अब्बल प्रस्तुतीलाई दर्शकले निकै रुचाएका छन् । यूवापुस्तालाई लक्षित गरेर निर्माण भएको चलचित्र आभाषले हलहरुमा पनि यूवावर्गका दर्शकलाई नै बढिमात्रमा हुल्न सफल भएको छ ।

सायद र होस्टेल जस्तो व्यबसायिक सफल चचित्रका कलाकार संयम पुरी,सलोन बस्नेत,प्रकृति श्रेष्ठ,निशा अधिकारी,आष्मा डिसी लगायतका कलाकरको मुख्य भुमिका रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । पवन श्रेष्ठ,गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाषले प्रेममा हुने विछोड र आकर्षणलाई पर्दामा उतारेको छ ।

%d bloggers like this: