Tue. Dec 24th, 2024

बेला बेलामा विभिन्न कारणले चर्चामा आउन सायद नेपाली नायिका रेखा थापालाई जस्तो अरु कसैलाई आउदैंन । त्यसैले होला उनी बेला बेलामा चर्चामा आउन सिपालु छिन् । उनले फेसबुक स्टाटर्समा हिजो मात्र एक स्टाटर्स लेखेकी छिन् जुन स्टाटर्सले यति बेला चर्चा कमाईरहेको छ । रेखाले निकै व्याग्यात्मक शैलीले फेसबुक स्टाटर्स लेखेकी छिन् । तर त्यो भनाई कसको लागी हो त्यो भने खुलाएकी छैनन तर उक्त गहकिलो जबाफ पढेपछि भने चै रेखाले छविलाई नै भनेको हो की भन्ने शंका लगाउन सकिन्छ । १० बर्षसम्म श्रीमान श्रीमती भएर यात्रा गरेका निर्माता छविराज ओझा र नायिका रेखा थापाको केहि बर्ष अगाडी मात्र औपचारिक रुपमा सम्बन्ध विक्षेद भएको थियो । त्यसपछि उनीहरु बेला बेलामा एकअर्काप्रति विभिन्न आल्छाना लगाउदैं अन्तरर्वाता देखी फेसकुब स्टाटर्स कोर्दै आएका छन् । तपाईलाई एउटा कुरा याद होला वा नहोला नेपालका यि दुई जोडी नै होलान जसको फेसबुक स्टाटर्स नै समाचारका लायक बन्छन् । केहि दिन अगाडी मात्र एक राष्ट्रिय दैनिकमा अन्तरवार्ता दिदैं छविलाई आफुले बनाएको हो भन्दै घमण्ड गरेकी उनले हिजो मात्र आफ्नो फेसबुकमा हैसियत नराख्नेहरूलार्इ यो कुरा पच्दैन जस्ता गहकिला जबाफ दिएकी छिन् ।

rekha

यस्तो छ रेखाको फेसबुकमा व्याग्यात्मक शैलीको जबाफ (जस्ताको त्यस्तै) :-
ठुलो सपना देख्न हुन्न भन्नेहरूलार्इ के थाहा ठुलो सपना देख्नु आफैमा ठुलो पुँजि हो । सायद सपना देख्ने सम्म पनि हैसियत नराख्नेहरूलार्इ यो कुरा पच्दैन । सपना देख्न हिम्मत चाहिन्छ, अन्तर्आत्मा देखि नै । अनि ति सपना पुरा गर्न अधिक धैर्यता चाहिन्छ । कयौं पल्टको हार सहज रूपमा स्विकार्न सक्ने क्षमता चाहिन्छ । आफु प्रति पुर्ण बिश्वास चाहिन्छ । जो यो हैसियत राख्दैनन्, जानि-नजानि उनिहरू अरूको डाह गर्छन् । अनि ठुलो सपना देख्न हुन्न भन्छन् । म उचार्इ नाप्न मन पराउने मान्छे, न म सपना देख्न छाड्न सक्छु न त उचार्इ चढ्न नै । चढ्ने क्रममा कयौं पटक म लडेको छु र लड्नु पर्नेछ, आत्मवोध छ मलार्इ । वास्तविकतामा रमाउछु तर संधै एउटै धरातलमा होइन । अर्डिनरी मानिसहरू यथास्थितिवादी हुन्छन र आमुल परिवर्तन चाहन्नन् । उनिहरू जिवनमा परिवर्तन चाह नगर्ने मात्र होइन कि सपना सम्म पनि देख्न सक्दैनन् । सानो सांसारिक सफलतालार्इ जिवनको पुर्णता ठान्दछन् । त्यो ठिक छ, मानिस जे मा खुशि हुन्छ त्यहि गर्नु पर्दछ । तर कोहि सपना देख्ने हैसियत राख्दछ भने सके त्यसमा थप उर्जा भर्ने कोसिश गर्नु पर्दछ । ठुलो सपना देख्न हुन्न भनेर कसैको इच्छाशक्ति तोड्न खोज्नु नालायकिपन हो ।