Thu. Apr 25th, 2024

करिब १० बर्ष निर्माता छविराज ओझा सगँ रहदाँ नायिका रेखा थापाले पनि धेरै चलचित्रमा अभिनय गर्ने मौका पाइन । धेरैले भन्छन् जब छविराजको हातमा कोहि मान्छे पर्छ ऊ जसरी पनि स्टार बन्छ त्यसको जोलन्त उदारहण हुन रेखा थापा । पहिलो चलचित्रबाट नै निर्माता छविराजको हात समात्दै हिडेकी नायिका रेखा थापाले आफ्नो भविष्य सुरक्षित गर्न निर्माता छविराज सगँ बैबाहिक जीवनमा पनि बाधिइन तर त्यो समबन्ध दिगो भने रहन सकेन । किनकी श्रीमान श्रीमती भएर बसेको करिब १० बर्षमा यि दुईको सम्बन्ध विक्षेद भयो त्यसपछि रेखा छविराजले निर्माण गरेका कुनै पनि चलचित्रमा देखिइनन् । रेखा छविसगँ टाढिएपछि छविले पनि चलचित्रक्षेत्रमा नयाँ हिराइनलाई डन्ट्री गराए शिल्पा पोखरेल । करिब १०० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेकी शिल्पाले पहिलो पटक ठुलो पर्दामा देखिने मौका पाइन छविराज ओझाले निर्माण गरेको चलचित्र लज्जामा र भाग्यमानी मान्नु पर्छ शिल्पालाई उक्त चलचित्रले आक्रमक व्यापार पनि गर्यो । त्यसपछि शिल्पाले हवल्दार सुन्तलीमा अभिनय गरिन जुन चलचित्रलाई पनि छविराज ओझाले नै निर्माण गरेका थिए । उक्त चलचित्र चैत २७ गते प्रदर्शन हुदैंछ ।

h1

यसरी एकपछि अर्को गर्दै छविराज ओझाले शिल्पालाई चलचित्रमा लिदैें गर्दा फेरी छविराज ओझाले निर्माण गर्न लागेको चलचित्र किस्मत २ मा पनि शिल्पा नै पक्का भएकी छिन् । हिजो राजधानीमा एक कार्यक्रमका विच छविले शिल्पालाई किस्मत २ मा हिरोइनका लागी पक्का गरेका थिए । हिजो शिल्पाको जन्मदिन समेत थियो । यसरी लगातार छविराज ओझाले निर्माण गर्न लागेका चलचित्रमा शिल्पाको धमकेदार इन्ट्रीले छविराज ओझा र शिल्पा विच प्रेम सम्बन्ध रहेको पनि हल्ला भने नचलेको होइन तर त्यो कुरा दुवै जना मान्न तयार छैनन । यसरी कुनै समय रेखा थापा मात्र देखिने छविराजको फिल्ममा पछिल्लो समय शिल्पाको इन्ट्रीपनि धमकेदार बन्दै गएको छ । रेखा आफु सुरषित हुन छविराज ओझा सगँ बैबाहिक जीवनमा बाधिएको कुरा बाहिर आउदैं गर्दा कतै शिल्पाले पनि आफ्नो भविष्य सुरक्षित गर्न छविराज नै रोज्छिन् वा अरु कोहि त्यो भने समयले नै बताउला ? तर एउटा कुरा स्मरण गराउ केहि महिना अगाडी शिल्पालाई छविले बिबाहको प्रस्ताब समेत राखेको कुरा बाहिर आइसकेको थियो तर यो कुरा पनि यि जोडि मान्न तयार छैनन ।

%d bloggers like this: