Thu. Mar 28th, 2024

film-final

सोनी पिक्चर्स कम्पनीले उत्तर कोरियाको विषयलाई समेटेर निर्माण भएको विवादास्पद हाँस्य फिल्म “इन्टरभ्यू” रिलिज गर्न हलहरुले नमानेपछि यसका लागी निर्माणपक्षले विभिन्न उपायहरु खोजिरहेको बताइएको छ ।कम्पनीले उत्तर कोरियाले साइबर आक्रमण गरेका कारण फिल्म क्रिसमसमा रिलिज गर्ने तिथी सारेको जनाएको छ । तर उत्तर कोरियाले भने आरोप अस्वीकार गर्दै अमेरिकासँग यस विषयमा संयुक्त जाँचको प्रस्ताव गरेको छ । यो फिल्ममा उत्तर कोरियाली शासक किम जोङ उनको हत्याको षड्यन्त्रमा आधारित विषयबस्तु रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फिल्म रिलिज रोकेर सोनी पिक्चर्सले गल्ती गरेको भन्दै कुनै पनि तानाशाह कतै बसेर अमेरिकामा सेसरशिप लगाउन नसक्ने बताएका छन् ।

%d bloggers like this: