नायक जिवन लुइटेललाई उनकी जीवनसाथीले बिच यात्रामा छाडेकी छिन् । जीवन लुइटेलकी प्रियतमा आफू आफ्नै नामले चिनिने भन्दै घर श्रीमान र छोरीलाई छाडेर हिडे पछि जीवन यति बेला तनाबमा देखिएका छन् । नायक लुइटेलको यो विछोड रियल लाइफमा नभएर रिल लाइफमा भएको हो । निलम आङ्बुहाङ राईको जुनी जुनी २ मा समावेश भएको ‘एक पल्ट फर्किएर हेरी जाउँ मेरी प्रियतमा’ बोलको गीतमा नायक लुइटेलको सहयात्रामा रहेकी प्रियतमाले उनलाई छोडेकी हुन ।
गायक हेमन्त शर्माले आवाज रहेको उक्त गीतमा नायक जीवन लुईँटेल र नायिका नन्दिता केसी देखिएका छन् । आफूलाई हर खुशी दिएर राख्ने श्रीमान र आफ्नै छोरीलाई लत्याएर हिड्ने कठोर आमाको भूमीकामा नायिका केसीलाई प्रस्तुत भएकी छिन् । उनलाई म्युजिक भिडियोको मध्य भागमा लुइटेलले जीवनका हर खुशी दिएर राख्ने बाचा गरेका छन् । संगीतकार सुरेश अधिकारीकोे संगीतमा मिलन चाम्सले तयार पारेको यो गीतको म्यूजिक भिडियो निक्कै राम्रो बनेको छ । ‘जीवन साथी तिमीलाई’ जस्ता निक्कै चर्चामा रहेका गीत लेखेर चर्चामा रहेकी गीतकार मिलनको यो दोस्रो गीति संग्रहका लागि तयार पारिएको गीत हो ।
भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=mGLZWiHMdLQ&list=UUGTrGBQtty0uRbFN38rdoAg