नितालाई रिलमा राज मनपर्छ (भिडियो सहित)

केहि दिन अगाडी मात्र नायिका नीता ढुंगानाको वास्तविक प्रेम चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ का डेब्यु नायक आमेश भण्डारी सगँ भएको कुरा भाइरल भइरहेको अबस्थामा फेरी नायिका निताले मोडल राज केसीलाई मनदेखी मनपर्छ भने पछि यति बेला निता फेरी चर्चामा आएकी छिन् । तर निताले वास्तविक रुपमा भने राजलाई मनदेखी मनपर्छ भनेको चै पक्कै होइन यो कुरा भने एक म्युजिक भिडियोमा निताले राज केसीलाई भनेको वाक्य हुन ।

Neeta Dhungana

आफ्नो मान्छे नामक म्युजिक भिडियोमा नायिका नीता ढुंगाना र राज केसीले अभिनय गरेका छन् । प्रमोद खरेल र अञ्जु पन्तको स्वरमा रहेको उक्त गीतमा गायत्री थापाको शब्द रहेको छ । आफ्नो मान्छे एल्बममा समावेश उक्त गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । सुमन अधिकारीको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=EXS6-txo450&feature=youtu.be

Back To Top