Tue. Apr 16th, 2024

भारतको इन्दौरमा एक विद्यार्थीले सुसाइड नोटमा ‘आइ लभ कट्रिना लेखेर आत्महत्या गरेका छन् । इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका इलेक्ट्रिकल इन्जिनियर अन्तिम वर्षमा अध्ययन गरिरहेका राहुल कुमार सिंहले गलामा पासो लगाई आत्महत्या गरेको प्रहरीको भनाई छ ।
राहुल बलिउड नायिका कट्रिना कैफको ठूला फ्यान रहेको समेत खुलाशा भएको छ ।मर्नुअघि कट्रिनाको मात्र गफ गरिरहने राहुलले सुसाइड नोटमा यस्तो लेखेका थिए:katrina
आइ लभ कट्रिना । वान डे आइ विल मिट  । मेरो सबै पैसा तिमिहरुले सबैलाई दिनु, जसबाट मैले लिएको थिएँ । शुभम गुप्ता दाइको पैसा पनि बाँकी छ । तिमि रवि, पापासँग लिएर । सबै मिलेर हाँसी रहनु । सरी साथीहरु‘।सधैँ खुसी हुनु ।

%d bloggers like this: