Fri. Mar 29th, 2024

Bips-6बलिउड चलचित्र अलोनको पहिलो पोष्टरमा बलिउड अभिनेत्री बिपाशा आफ्नो नयाँ बोल्ड लुकमा देखा परेकी छन्। यो चलचित्रमा बिपाशा जम्ल्यहा दिदीबहिनीको भूमिकामा देखा पर्ने छिन् । चलचित्रमा बिपाशाको एउटा डरलाग्दो र अर्को बोल्ड अवतार हेर्न पाइनेछ । पोष्टरमा बिपासाको हट एण्ड हरर लुक्सले यतिबेला धेरैको मन तान्न सफल भएको छ । पोष्टरमा चलचित्रका अभिनेता करण सिंह ग्रोवर बीचमा छने भने उनको दुबै तर्फ बिपासाको दुई रुप ९सेक्सी र हरर ० समाबेश छ । यसअघि बिपाशा चलचित्र क्रिचरमा देखा परेकी थिइन्। यो चलचित्र निर्देशक भूषण पटेलले निर्देशन गरेका हुन्। भूषणले यसअघि सनी लियोनका साथ ‘रागिनी एमएमएस–२’ बनाइसकेका छन्।
हालै रिलिज भएको पोष्टरबाट अनुमान गर्न सकिन्छ कि चलचित्रमा बिपाशाले आफ्नो को–स्टार करनसँग निकै हट र बोल्ड दृष्य दिएकी छन्। यो चलचित्र १६ जनवरीमा रिलिज हुने बताइएको छ ।

%d bloggers like this: