Fri. Apr 26th, 2024

सधै ओठमा हाँसो,कहिले नरिसाउने,सबै सगँ नम्र व्यबहारले बोल्ने चर्चित निर्देशक स्वर्गीय शिव रेग्मीको निधन भएको आज १ बर्ष पुरा भएको छ । विषेश गरि पारिवारिक चलचित्र निर्देशन गर्ने रेग्मीले धेरै सफल चलचित्रहरु निर्देशन गरेका छन् । मितिको हिसाबले शिव रेग्मीको निधन भएको १ बर्ष नपुगेपनि तिथीको हिसाबले भने रेग्मीको निधन भएको आज १ बर्ष पुरा भएको छ । मंसिर २४ गते काठमाडौं बयोधा अस्पतालमा निधन भएका निर्देशक शिव रेग्मीको दाहासंकार भने चितवनमै गरिएको थियो । दुवै मृगौलामा खराब भएपछि चर्चित निर्देशक शिव रेग्मीको निधन भएको थियो । भारत देखी विदेशका विभिन्न ठाँउहरुमा उनको उपचार गर्न परिवारले कुनै पनि कन्जुस गरेनन अन्तत: भगवाननै देब्रे परेछन् क्यारे मंसिर २४ गते सारा सिनेनगरीलाई नै रुवाएर उनी सधा सधाका लागी टाढा भए ।

shiva-regmiस्वर्गीय निर्देशक शिव रेग्मीका एक धर्म छोरी सहित आफ्ना तीन सन्तान दुई छोरी र एक छोरा छन् भने श्रीमती ज्ञानु विगत एक बर्षदेखि चितवन स्थित रेग्मीकै जन्म घरमा छिन् । रेग्मीको निधन भएको १ बर्ष पुगेको दिनलाई संझेर आज चितवनमा चलचित्रकर्मी र उनको परिवारले शोक सभा गर्दैछन् । यसका लागि केही चलचित्रकर्मी चितवन पुगेका छन् । १८ औं सार्क शिखर सम्मेलनमा सवारी साधानका लागी लागु गरिएको जोर बिजोर प्रणालीका कारणले गर्दा काठमाडौंबाट भने धेरै कलाकार,चलचित्रकर्मीहरु चितवन जान पाएका छैन् ।

%d bloggers like this: