Sat. Apr 20th, 2024

tirsanaबेला बेलामा आफ्नो अर्धनग्न तस्विर सार्वजनिक गरेर चर्चामा आइरहने मोडल तिर्सना बुढाथोकीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । कागजमा लेखे नामक म्युजिक भिडियोमा तिर्सना र कैलाशको प्रेम सम्बन्धलाई देखाइएको छ । गीतले आफ्नो प्रेमीको मायाले कति साहास दिन सक्छ भन्ने सन्देश दिन खोजेको छ । सार्वजनिक भिडियोमा हरि लम्सालको स्वर तथा संगीत,अनमोलमणी पोखरेलको शब्द,हरि हुमागाईको छायांकन,निशान घिमिरेको सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोको शब्द निकै मार्मिक भएका कारण दर्शक,स्रोताले उक्त म्युजिक भिडियोलाई रुचाउने गायक तथा संगीतकार हरि लम्सालले ठुलो पर्दालाई बताए ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=JUGIxJWA0Cw&feature=share

%d bloggers like this: