Wed. Feb 5th, 2025

 anupam-kherभारतीय अभिनेता अनुपम खेरले नेपाली फिल्ममा काम गर्न तयार रहेको बताएका छन्। उनले नेपाली फिल्ममा अभिनयमात्र होइन, नेपाली फिल्म बनाउन पनि चाहेको बताएका हुन्। कन्फिरिडेसन अफ इण्डियन इन्डष्ट्रीले नयाँ दिल्लीमा आयोजना गरेको हिन्दी सिनेमाको विश्वव्यापी सम्भावना विषय कार्यक्रममा बोल्दै अनुपमले नेपाली भाषाको फिल्मले दुई छिमेकी देशलाई जोड्ने बताएका हुन्। भारतीय टिभी च्यानल कलर्समा रियालिटी सो ुकुच भी हो सक्ता हेु चलाउने खेर केही समय अघि त्यही शीर्षकको नाटक देखाउन काठमाडौ आएका थिए।