Wed. Feb 5th, 2025

 bidhawaजिन्दगीभर एक अर्कालाई जस्तो सुकै अबस्थामा पनि साथ दिन्छु भनेर सातफेर अग्नीलाई साक्षी राखेर आफ्नो श्रीमान मानेकी एक नारीले आफ्नो श्रीमानलाई नै गुमाउँदा कस्तो पिडा हुन्छ होला ,के भन्छन् समाजमा हो अब यस्तै कथालाई समेटेर निर्माण भएको चलचित्र विधवा  अब पुष ११ गते देखी देशभर प्रदर्शन हुने भएको छ । श्रीमानको निधनपछि एक महिलाले भोग्ने पीडामा बनेको चलचित्र ‘विधवा ’ पुष ११ गते देशभर प्रदर्शन हुदैंछ । चलचित्रमा दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठले मुख्य भूमिकामा काम गरेका छन् । चलचित्रलाई गिरीप्रसाद पुनले निर्माण गरेका हुन् । फिल्मले नेपाली समाजमा एकल महिलालाई गरिने दुर्व्यवहार र छुवाछुतको बिषयलाई उठान गरी निर्माण गरिएकोले दर्शकको मन जित्ने आश निर्देशक श्रेष्ठको छ । फिल्ममा संगीत बिकाश चौधरीको छ ।a