Fri. Apr 26th, 2024

आफैंले निर्माण,निर्देशन गरेको चलचित्र हिम्मतवालीले राम्रै व्यापार गरेपछि निकै उत्साहित बनेकी नायिका रेखा थापाद्धारा अभिनित चलचित्र तथास्तुको ३२ सेकेण्ड छोटो ट्रेलर रिलिज भएको छ । रेखा थापा चलचित्रमा भएका कारण पनि तथास्तुलाई यति बेला राम्रै चलचित्रको रुपमा हेरिन थालिएको छ । सार्वजनिक ट्रेलरमा नायिका रेखा थापाले बन्दुक समात्दै तथास्तु भनेको दृश्य देख्न सकिन्छ भने रेखा र किशोरको ‘कहिले माया’ नामक गीतमा नृत्य हेर्न सकिन्छ ।

tathatuपुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र तथास्तुमा नायिका रेखा थापा,किशोर खतिवडा,सुबास थापा,विज्ञान जोशी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रको ट्रेलर सार्वजनिक सगैं चलचित्रको प्रचार प्रसारलाई पनि अब अगाडी बढाउदैं जाने निर्देशक सविरले बताएका छन् । सविर श्रेष्ठलले निर्माण निर्देशन गरेको चलचित्र तथास्तुको प्रचारमा रेखा पनि मज्जाले कसिएको पाइएको छ । काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रमा बसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य, बाबु श्रेष्ठको छायांकन, अर्जुन जीसीको सम्पादन, रामहरी धितालको निर्माण छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=n0pvLeifLto

%d bloggers like this: