Tue. Apr 23rd, 2024

करिब १ महिना अगाडी देखी चलचित्रलाई दर्शकको आखाँमा पार्न कुनै पनि प्रचार प्रसारको कमी नगरेको चलचित्र श्री ५ अम्बरे युनिटले प्रदर्शनको पूर्व संघारमा चलचित्रको गीत रिलिज गरेको छ । यमोबुद्धको आवाजमा रहेको ’अतित का दिन’ नामक र्याप गीत चलचित्र युनिटले सार्वजनिक गरेको हो । गीतमा चलचित्रका अरु कुनै पनि कलाकारहरु देखिएका छैनन् मात्र यमोबुद्धलाई मात्र सार्वजनिक गीतमा देख्न सकिन्छ । एउटा कुरा याद रहोस चलचित्र श्री ५ अम्बरेका प्राय गीतहरु यमोबुद्धले नै गाएका छन् । यो गीत चलचित्र श्री ५ अम्बरेको अन्तिम गीत पनि हो ।

shree-5-ambare1अब चलचित्र यहि शुक्रबारबाट अलनेपाल रिलिज हुदेंछ । जिवनसाथी फिल्मस्को व्यानरमा निर्देशक दिपा बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रमा डा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । टि एन आचार्य र दिपक आचार्यद्धारा निर्माण गरेको चलचित्रको कथा अभिमन्यू निरवीले लेखेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

http://www.youtube.com/watch?v=41BXIAes_eM

%d bloggers like this: