Sat. Dec 21st, 2024

यति बेला सबैको प्रतिक्षाको फिल्म लब यू बाबालाई केहि दिन भित्रमा नै अब देख्न पाइने भएको छ । मंसिर २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लब यू बाबालाई ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेका कारण पनि चलचित्र कस्तो बनेको होला अहिले त्यो सबैको कौतुहल्ताको विषय बनेको छ । संसारमै पहिलो पटक ८ बर्षिय निर्देशकले निर्देशन गरेको चलचित्रले नेपाली चलचित्रनगरिलार्ई पनि ठुलो योगदान पुराउने बताइएको छ । चलचित्र लब यू बाबा नेपालमा प्रदर्शन भएपछि ८ बर्षिय निर्देशक सौगात विष्टको नाम ‘गीनिज बुक अफ दि रकेर्ड’मा नाम लेखाईने बताइएको छ ।

love you babaएउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको छ । चलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र लब यू बाबालाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् । चलचित्रलाई ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेका हुन् ।