Fri. Apr 26th, 2024

बहुप्रतिक्षित फिल्म ‘टलकजंग भर्सेस टुल्के’ले आजबाट राजधानी भित्र प्रदर्शन सुरु गरेको छ । मोफसलमा कात्तिक २१ गते देखी प्रदर्शन सुरु गर्ने ‘टलकजंग भर्सेस टुल्के’ले हाल प्रदर्शनरत दुई नेपाली फिल्म लज्जा र स्टुपिड मनले राम्रो ब्यापार गरीरहेका कारण मोफसलमा रिलीज मिति कात्तिक २१ गते राखिएको निर्माण पक्षले जनाएको छ । रंगपत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र एउटा साथी सगँ एकसाथ रिलिज मिति तय गरेको ‘टलकजंग भर्सेस टुल्के’ले अब भने एकलौटी प्रदर्शन गर्ने मौका पाएको छ । हिजो मात्र एउटा साथीले आफ्नो प्रदर्शन मिति एक साता पर सार्दै कात्तिक २१ गते पुराएपछि ‘टलकजंग भर्सेस टुल्के’लाई निकै ठुलो मौका परेको छ ।

tulketulkeत्यसैले आज देखी ‘टलकजंग भर्सेस टुल्के’ले काठमाडौंमा एकलौटी प्रदर्शन गर्ने मौका पाएको छ । रबिन्द्र सिंह बानियाको लगानी गरेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’मा गेन्द्र लामीछाने, दयाहाङ राई, रिचा शर्मा, शुशांक मैनाली, रबिन्द्र सिंह बानिया, प्रकाश घिमीरे लगायतका कलाकारको अभिनय रहेको छ । लुट जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशन निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’लाई यति बेला बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।

%d bloggers like this: