कात्तिक १४ को ‘एउटा साथी’ २१ पुग्यो

कात्तिक १४ गते अर्थात भोली देखी अलनेपाल रिलिजको अन्तिम तयारीमा रहेको सञ्चारकर्मी लक्ष्मण सुवेदीद्धारा निर्देशित फिल्म एउटा साथी कात्तिक १४ गते प्रदर्शन नहुने भएको छ । मनोरञ्जन संसारडटकमसगँ विषेश कुराकानी गर्दे चलचित्रका वितरक गोविन्द शाहीले केहि प्राविधिक समस्याका कारण चलचित्र कात्तिक १४ गते प्रदर्शन नहुने बताउदै अब चलचित्र कात्तिक २१ गते अलनेपाल रिलिज हुने बताए । टलकजंग भर्सेस टुल्के सगँ प्रदर्शन हुने चलचित्र एउटा साथीले प्रदर्शन मिति सारेपछि चलचित्र टलकजंग भर्सेस टुल्केलाई चिट्ठा परेको छ ।

aautaअब भोली टलकजंग भर्सेस टुल्के एक्लै प्रदर्शन हुने भएको हो । चलचित्रको सम्पुर्ण तयारी पुरा भइसकेको चलचित्र एउटा साथी केहि प्राविधिक समस्याका कारण कात्तिक १४ गते चलचित्र प्रदर्शन गर्न नसकेको वितरक गोविन्द शाहील बताए । फिल्ममा सलोन बस्नेत,अनु शाह , रिश्ता बस्नेत , जोन तामाङ , करिष्मा श्रेष्ठ , शिशिर भण्डारी लगायतको अभिनय रहेको छ । रोमान्टी लबस्टोरीमा कमेडी कथामा निर्मित यस चलचित्रले युवाहरुको बिषय उठाउन खोजेको छ । रामचन्द्र खनाल निर्माता रहेको चलचित्रमा टंक बुढाथोकीको संगीत, रामजी लामिछाने र गम्भीर विष्टको नृत्य , राजेन्द्र खड्गीको द्वन्द्व र सुमन तण्डुकार तथा गणेशकुमार श्रेष्ठको छायांकन छ । चलचित्र सुसिल पंगेनीले लेखेका हुन् भने पंगेनीले चलचित्रमा मुख्य सहायकको जिम्बेवारी समेत पुरा गरेका छन् । त्यस्तै चलचित्र सेन्सर बोर्डले चलचित्र एउटा साथीलाई युनिभर्सल सटिफिकेट दिएको छ ।