Fri. Apr 26th, 2024

मंसिर १९ गते प्रदर्शनका लागी तयार भएको चलचित्र नाईके युनिट पोखरा पुगेको छ । चलचित्रको प्रचार प्रसारका लागी चलचित्र युनिटले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा जानकारी गराइएको थियो । तर चलचित्रका मुख्य पात्र आर्यन सिग्देल भने हङकङ छन् । चलचित्रका मुख्य पात्र नै हङकङमा भएका कारण चलचित्र युनिट यति बेला तनाबमा देखिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकर्दै गर्दा चलचित्र नाईके युनिटले आफ्नो प्रचार प्रसारलाई व्यापकता दिदै आएको छ । त्यहि क्रममा आर्यन हङकङमा भए पनि चलचित्र युनिटले आफ्नो प्रचारमा कमी आउन दिएको छैन् । पोखरामा पत्रकार सम्मेलन गर्दै चलचित्र नाईके युनिटले प्राबिधिक रुपमा उत्कृट बनाउनका लागी पनि फिल्म को रिलिज डेट पछि धकेल्नु परेको तितो यर्थाथ पत्रकार माझ राख्दै चलचित्रका निर्माता नारायण खनालले चलचित्र निर्माण गर्दा खेरीका मिठा अनुभवहरु पनि सुनाए ।

naike-namastefilmy1खनालले भने ‘नाईके’ एउटा मसलेदार फिल्म हो म विस्वस्त छु कि चलचित्रले आम दर्शकको मन जित्न सफल हुन्छ भन्नेमा ।’ कार्यक्रममा फिल्ममा समाबेश चार वटै गित हरुका भिडियो समेत सार्बजनिक गरिएको थियो । सार्बजनिक गितहरुमा नेत्र गुरुङ् , दिनेश राउत , सुक बहादुर गुरुङ् र रमण गायक को शब्द रहेका छन् । ताराप्रकाश लिम्बु , योगेश काजी बिसि , रमण गायक लगाएतको संगित हरेको गितमा रोहन नेपाली को कोरियोग्राफि रहेको छ । कार्यक्रममा नायक आर्यन सिग्देल नायीका सुरबिना कार्की बाहेक अरु सबै कलाकार,निर्देशक,निर्माताहरुको उपस्थिति रहेको थियो । चलचित्रमा आर्यन सिग्देल , सुरबिना कार्की र रोहितत पाण्डे,रेम बिक , बोधराज रेग्मी , सारिका केसी लगाएतले अभिनय गरेका छन् । ७० लाखको लगानीमा निर्माण गरिएको चलचित्र नाईकेका कार्यकारी निर्माता भने बिष्णु हमाल हुन् । जगदिश खनाल , नारायण खनाल ,संगिता पराजुलि र आनन्द क्षेत्रीको पनि चलचित्रमा लगानी रहेको छ ।

%d bloggers like this: