Fri. Apr 26th, 2024

movie_theater_crowd_a_lएजेन्सी । तपाईलाई सायद यो कुरा सनेपछि अचम्म लाग्न सक्छ । हो उत्तर कोरियामा जसले हलिउड फिल्म हेर्छ उ मृत्युको शिकार बन्नु पर्छ । उत्तर कोरियाका शासक किम जोङ उल हलिउड फिल्म हेर्नेलाइ सीधै गोली हान्न पछि नपर्ने समाचार सार्वजनिक भएको छ । उनी पश्चिमी देशको रहनसहन मन पराउदैनन् । जसले हलिउड फिल्म हेर्छ किम जोङले आफ्ना नागरिकलार्इ पनि छाड्दैनन् । कोरियाकी २१ वर्षे योनामी पार्कले यो खुलासा गरेकी हुन् । उनले एक कार्यक्रममा बरबर आँशु झर्दै आफ्नो परिवारलाइ दिनुसम्मको दुःख दिएको सुनाइन् । पार्कका अनुसार उत्तरमा इन्टरनेट छैन । गीत, किताब, अन्तराष्टिय टेलिफोन सेवा बन्द गरिएको छ । उनका अनुसार उत्तरका जनताहरू त्रासमा बाँचिरहेका छन् । उत्तरमा एउटामात्र टेलिभिजन च्यानल छ । जुन सरकारी च्यानल हो । पार्ककै साथीलाइ हलिउड फिल्म हेरेको अभियोगमा गोली हानी हत्या गरिएको थियो ।

%d bloggers like this: