‘आगो २’ले दियो सेन्सर बोर्डलाई चुनौती,सेन्सर पास नभई चलचित्र प्रदर्शन गर्ने निर्माण पक्षको धम्की

असोज ३१ गते अलनेपाल रिलिजको पुर्व तयारीमा रहेको बखत सेन्सर बोर्डले चलचित्र प्रदर्शनमा रोक लगाएपछि यति बेला आगो २ का चलचित्र युनिट निकै आक्रोशित बनेको छ । केहि दिन अगाडी मात्र चलचित्रका निर्माताहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै आफुहरुलाई बारबार सेन्सर बोर्डले दुख दिने काम गरेको भन्दै आफुहरु अदालतको ढोका समेत ढकढकाउने बताएका थिए । सेन्सर बोर्डले बारम्बार बोलाएर पनि समय नदिएपछि आफूहरुलाई ठूलो क्षती पुगेको भन्दै चलचित्र युनिटले आगो २ असोज ३१ गते प्रदर्शन नहुने बताएका थियो । तर सेन्सर बोर्डले नै आफुहरुलाई राजनितिकको घेरामा बाधेको बताउदै निर्माता किसन पोखरेलले अब सेन्सरलाई नै चुनौती दिदै आफुहरु मंसिर १२ गते चलचित्र आगो २ प्रदर्शन गर्न लागेको बताए ।

aago 2सेन्सर बोर्डले बारम्बार दुख दिएपछि आज राजधानीमा चलचित्र युनिटले पत्रकार सम्मेलन आयोजना गरि सेन्सर पास नभएपनि चलचित्र मंसिर १२ गते अलनेपाल रिलिज गर्ने घोषणा गरेको छ । राजनितिक दबाबका कारण सेन्सरले चलचित्र आगो २ प्रदर्शनमा रोक लगाएको आरोप लगाउदै चलचित्रका निर्माता किसन पोखरेलले अब आफुहरु बाध्य भएर मंसिर १२ गते चलचित्र प्रदर्शन गर्र्ने तयारीमा रहेको बताएका छन् । चलचित्र युनिटले गणतन्त्र आएपछि पनि सेन्सर बोर्डको दृष्टिकोणमा परिवर्तन हुन अहिले सम्म पनि नसकेको अरोप लगाएका छन् । सेन्सर पास नभई चलचित्र प्रदर्शन गर्न पाइदैनन् तर चलचित्र आगो २ युनिटले भने अब सेन्सर पास नभए पनि आगो २ मंसिर १२ गते प्रदर्शन गर्ने सेन्सर बोर्डलाई चुनौती दिएको छ । चलचित्र राम्रो सगँ नहेरी चलचित्र प्रदर्शनमा रोक लगाएको भन्दै चलचित्र युनिटले अब आफुहरु अदालतको ढोका समेत ढकढकाउने बताएको छ । पत्रकार सम्मेलनमा चलचित्रका नायक शुशिल क्षेत्री,वितरक गोपाल कायस्थ,निर्देशक मदन घिमिरे लगायतले सेन्सरले आगो २ लाई राजनितिक घेरामा गोलबन्द गराएर राखेको आरोप सेन्सर बोर्डलाई लगाएका छन् । मदन घिमिरेले निर्देशन गरेको चलचित्र ‘आगो २’ जनता र पत्रकारलाई नायक बनाएर निर्माण गरिएको चलचित्र युनिटले बताएको छ । चलचित्रलाई किसान पोखरेलले निर्माण गरेका हुन् । चलचित्र ‘आगो २’ मा सुशिल क्षेत्री,प्रिया रिजाल, सारिका घिमिरे लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

Back To Top