नायिका नम्रता श्रेष्ठ फेरि अस्वस्थ भएपछि उनी अस्पताल भर्ना भएकी छिन् । गत वर्षको चैत्रमा देब्रे मृगौलामा पत्थरी देखिएर आकस्मिक शल्यक्रिया गराएकी थिइन् । नम्रतलाई अहिले दोस्रो पटक टाइफाइट भएको छ । शल्यक्रिया पछि चिकित्सकले आराम गर्नु भने पनि उनी निर्देशक प्रशान्त रसाइलीको चलचित्रको छायांकनका क्रममा सिक्किममा व्यस्त रहिन् भने वैशाख १२ गते प्रदर्शनमा आएको चलचित्र ‘नोभेम्बर रेन’ को प्रसारप्रसारमा पनि व्यस्त भइन् । आराम नगरेपछि शल्यक्रिया गरिएको घाउमा इन्फेक्सन भयो र चिकित्सकको निर्देशनबमोजिम नम्रताले एक महिनाभन्दा बढी सम्पर्कविहीन हुँदै पोखरास्थित दिदी भिनाजुको घरमा बसेर आराम गरिन् । तर पोखरामा समेत उनले आराम गर्न पाइनन् । कहिले गायिका र कहिले नायिकाका रुपमा धेरै व्यस्त भएपछि उनी फेरि अस्पतालको बेडमा पुगेकी हुन् । उनी अहिले थापाथलीस्थित नर्भिक अस्पतालको बेडमा आराम गरिरहेकी छिन् । उनको पित्तको थैलीमा पत्थरसमेत देखिएको छ, जसको शल्यक्रिया त्यसले पीडा दिन थालेपछि मात्र गरिने बताइन्छ ।
लौ के भयो नम्रतालाई ?
Byadmin
Oct 10, 2014Related Post
सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?
Jan 3, 2023
शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी
Sep 12, 2021
हरितालिका तीज : पहिले र अहिले
Sep 9, 2021