Mon. Feb 24th, 2025

latiचेलिबेटी बेचबिखन तथा सामाजिक बिषयको कथा बोकेको चलचित्र लाटी अब हेर्न पाइने भएको छ । तर हेर्नका लागी भने प्रदर्शन मिति तोकिएको छैन् । हाल पोष्ट प्रोडक्सनको काम भइरहेका कारण चाडैं नै चलचित्र लाटीको प्रदर्शन मिति तोकिने बताइएको छ । श्रृजना फिल्म प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘लाटी’मा सबिना कार्की, रिभल मल्ल ,जिके शर्मा, सुजल नेपाल ,सुवास गजुरेल, नेत्र बिस्ट लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ ।राजबहादुर सानेले चलचित्रलाई निर्देशन गरेका हुन् । शिशिर जय खरेल,त्रिलोचन सैजु,पुरुषोत्तम रिमाल,प्रकाश खत्रीको सयुक्त लगानीमा निर्माण भएको चलचित्र लाटी चितवन र नवलपरासी आसपासका छायांकन भएको हो ।