Sun. Apr 20th, 2025

stutidभाद्र २० गतेका लागी प्रदर्शन मिति तय गरेको चलचित्र स्टुपिड मनले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरमा दर्शकको क्रेज नघटेपछि चलचित्र स्टुपिड मनलाई असर गर्ने देखिएपछि प्रदर्शन मिति सारी कात्तिक ७ गते पुराएको चलचित्र स्टुपिड मनको अर्को र्शीष गीत रिलिज भएको छ । ‘मजघारमा’ नामक गीतमा नायक निरज बराल,जीवन लुईटेल,नायिकाहरु चाँदनी शर्मा, रिजु श्रेष्ठको वियोगान्त गीत रिलिज भएको हो । गीतमा दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । त्यस्तै फिल्मका अरु गीतहरु पनि दयाराम पाण्डे, अर्जुन पोखरेल, दिवाकर भट्टराई र किरण राज कार्कीले लेखेका छन । सम्पूर्ण छायांकन थाइल्याण्डमा गरिएको चलचित्र स्टुपिड मनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । चलचित्र स्टुपिड मनलाई नायक निरज बराल र विवेक शाहीसंग मिलेर निर्माण गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=jC_pxvcPKFE&feature=youtu.be