आफ्नै दुश्मन सलमानलाई शाहरुखले भने शालीन व्यक्ति

कुनै समय यस्तो थियो जति बेला उनीहरु एक अर्काका दुश्मनी थिए त्यहि बखत उनीहरुको सम्बन्ध पानीबाराबारको अबस्था सम्मको थियो । उनीहरु एक अर्काको आलोचना गर्न कहिले पनि पछि पर्दैन थिए । ति हुन् बलिउडका सुपरस्टार सलमान खान र शाहरुख खान । उनीहरु विच कुनै समय निकै ठुलो दुश्मनी थियो तर यति बेला भने उनीहरु घनिष्ट साथी बनेका छन् । अहिले प्राय हुने कार्यक्रममा सलमान र शाहरुखले एक अर्काले तारिफ गरेको मात्र सुन्न सकिन्छ ।

srk_sallu_iftarशाहरुख खानको पछिल्लो फिल्म ‘हैप्पी न्यू ईयर’ प्रदर्शनको तयारीमा रहेको छ । खबर बाहिरिए अनुसार सलमानले सञ्चालन गर्न लागेको ‘बिग बोस सिजन ८’ मा शाहरुख खान फिल्म ‘हैप्पी न्यू ईयर’ को प्रमोशन गर्न बिग बोसको घर जाने छन् । त्यहि क्रममा शाहरुख खानले भनेका छन् ‘सलमान निकै शालीन व्यक्ति हुन् ।’ ‘मलाई सलमान भाई निकै मन पर्छ त्यसैले म सगँ समय भने पक्कै बिग बोसको घर जाने छु ।’ यसरी जब शाहरुख खानले सलमान निकै शालीन व्यक्ति भनेर तारिफ गरे तब सजिलै बुझ्न सकिन्छ की उनीहरु अब दुश्मन होइन घनिष्ट साथी बनेका छन् ।

Back To Top