Tue. Apr 23rd, 2024

डिभिडि बजारमा सार्वजनिक नभएपनि विभिन्न चलचित्रहरुको पाइरेसी गर्ने ४ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । नयाँ बसपार्कको त्रिवेणी म्युजिक सेन्टर लगायतका बसपार्कमा रहेका म्युजिक सेन्टरहरुमा प्रहरीले छापा मारि उक्त ४ जनालाई पक्राउन गरेको हो ।

piracy_inउनीहरुको साथबाट पाइरेसीका लागि प्रयोग भएका कम्यूटर, मोबाइल, डीभीडी लगायतका उपकरण पनि प्रहरीले आफ्नो कब्जामा लिएको निर्माता सुनिल रावलले मनोरञ्जन संसारलाई जानकारी दिएका छन् । पाइरेसीमा पर्ने ‘होस्टेल’,’६ एकान ६’,’नाई नभन्नु ल-२’ आदी चलचित्रहरु रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सगँ सोधपुछ पश्चात कानुनी कारवाहीमा लगिने बताएको छ ।

%d bloggers like this: