Wed. Apr 24th, 2024

करिब १५ बर्षपछि फेरी एकपटक सूरज बड़जात्या र सलमान खानको जोडीलाई एकसाथ देखिने भएको छ । यिनीहरु अब एक साथ एउटा चलचित्रमा देखा पर्दैछन् । सूरज बड़जात्याले करिब १५ बर्षपछि नयाँ फिल्म बनाउदै छन् । ‘मैंने प्यार किया’, ‘हम आपके हैं कौन’ र ‘हम साथ साथ हैं’ पछि अब बड़जात्याले फिल्म प्रेम रतन धन पायो लिएर आउने भएका छन् । जसमा सलमान खान मुख्य भुमिकामा रहेका छन् ।

salmanउक्त फिल्ममा सलमान डबल रोलमा देखिने भएका छन् । सलमानको पहिलो भुमिकाको अथवा एउटा भुमिकामा सलमान प्रेम नाममा देखिनेछन् भने अर्को भुमिकामा सलमान रतन नामक भुमिकामा देखिने भएका छन् । तर खबरका अनुसार दोस्रो भुमिकामा सलमान विजय नामक भुमिकामा देखिने बताइएको छ । तर यस विषयमा भने अहिले नै खबर सार्वजानिक गरिएको छैन् । सलमान खानको साथमा सोनम कपूर मुख्य भुमिकामा देखिने छिन् । हाल फिल्मको धमाधम सुटिंग सुरु भइसकेको छ । फिल्म प्रेम रतन धन पायो अर्को दिपावलीमा प्रदर्शन हुन सक्ने बताइएको छ ।

%d bloggers like this: