Mon. Feb 24th, 2025

एजेन्सी । माइली साइरस भन्छिन्, ‘सामाजिक सञ्जालको लत स्वास्थ्यको लागि ध्रमुपानको लतभन्दा हानिकारक हुन्छ ।’कान्टैक्ट म्यूजिकमा प्रकाशित खबरका अनुसार २१ वर्षीय यी हट एण्ड हिट गायिका भन्छिन्, ‘मलाई पहिला कहिल्यै लागेन कि गाँजा खानु नराम्रो कुरा हो ।

miley-cyrus4_101913040100

तर सामाजिक सञ्जालहरुमा भुलिरहने बानीले मष्तिष्कलाई नोक्सान पुर्याएको छ ।’ माइली भन्छिन्, ‘पक्कै पनि यो हानिकारक छ ।’ माइलीले भनेकी छिन्, ‘मैले इन्टाग्राममा ध्रुमपान गरिरहेको केही तस्वीर राखेँ, किनकी म जब ठूलो भएँ, कहिल्यै सोचिन कि गाँजा नराम्रो हो । तर यो अत्यन्त हानिकारक छ ।’ भर्खरै मात्र भिडियो अफ द इयरका लागि एमटिवी विएमए अवार्ड जीतेकी गायिकाले अगाडि भनिन्, ‘मेरो उद्देश्य कहिल्यै रोल मोडल बन्ने रहेन र रोल मोडल बन्न पनि चाहन्नँ ।’