Wed. Apr 24th, 2024

आउन २५ गते भारतको एपोलो अस्पतामा निधन भएका चर्चित स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनूर’ ले यति बेला नेपाली बक्स अफिसमा धमका मच्चाइरहेको छ । आउन २३ गते प्रदर्शनमा आएको चलचित्र ‘कोहिनूर’ अहिले पाँचौ सातामा प्रदर्शन भइरहेको छ ।  चलचित्र ‘कोहिनूर’ ले गरेको हिजो सम्मको व्यापार र्हेने हो भने चलचित्रले कुल ८ करोडको व्यापार गरिसकेको बताइएको छ । चलचित्रका वितरक सुनिल मानन्धरका अनुसार चलचित्र कोहिनूरले ८ करोड व्यापार गरेको छ भने निर्माताको हातमा करिब ४ करोड आउने बताएका छन् ।kohinoor-poster

यसरी पाँचौ हप्तामा समेत ‘कोहिनूर’ मा दर्शकको क्रेज अझैपनि नघटेपनि यति बेला प्रदर्शनमा आउने प्राय चलचित्रले कि त प्रदर्शन मिति सारेका छन् नभए प्रदर्शनमा आएका चलचित्रको व्यापार र्हेने हो भने प्राय चलचित्रले निकै कमजोर व्यापार गरेको देख्न सकिन्छ । चलचित्र ‘कोहिनूर’ लाई स्वर्गीय नायक श्रीकष्ण श्रेष्ठले निर्माण गरेका हुन् भने आकाश अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा नायक श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काको मुख्य भुमिका देख्न सकिन्छ । चलचित्रले चेलिबेटी बेचबिखनको घटनालाई दोउन खोजेको छ ।

%d bloggers like this: