केहि दिन अगाडी सञ्चारमन्त्रालयमा कलाकारहरु सगँ भएका सञ्चारमन्त्री मिनेन्द्र रिजालको भेटमा सरकारले कलाकारहरुलाई बर्गिकरण गर्ने भनि गरिएको निर्णयलाई चलचित्र कलाकार संघले कलाकारहरुको बर्गिकरणको गर्न नहुने भन्दै आज पे्रस विज्ञप्ती जारी गरेको छ । आज बसेको आकस्मिक बैठकले हाल कलाकारको बर्गिकरण गर्न नहुने निर्णय गरेको छ । हिजो मात्र कलाकारहरुको बर्गिकरण गर्नका लागी राज्यको तर्फबाट कार्यदल समेत निर्माण भइसकेको छ । संचारमन्त्रालयका सह-सचिव कविराज खनालको संयोजकत्वमा कार्यदल गठन भएको हो । जसमा सञ्चार मन्त्रालयका सदस्य सचिव नारायण आचार्य, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक राजेन्द्र सलभ र सञ्चारकर्मी भरत शाक्य कार्यदलमा रहेका छन् ।आज देखी कार्यदलले आफ्नो काम गर्न सुरु गरेको छ । त्यहि क्रममा आज बसेको कलाकार संघको निर्णय अनुसार अहिले कलाकारहरुको बर्गिकरण गर्न नहुने भन्दै अरु बाँकी निर्णय राज्य तर्फबाट बनेको कार्यदलको आधिकारी जानकारी आएपछि मात्र हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।