‘यो कथा’ ले सबैलाई रुवायो

शुक्रबार बाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ ले यति बेला दर्शकको निकै राम्रो माया पाएको छ । कथा वस्तु निकै मार्मिक भएका कारण यति बेला चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ ले दर्शक सगै व्यापारमा पनि निकै राम्रो फड्को मारेको छ । पछिल्लो समयमा केहि चलचित्रहरुमा अभिनय गरेपनि खासै चर्चामा नआएका नायक सुमन सिंह यस चलचित्रबाट भने फेरी दर्शकको आखाँमा बस्न सफल भएका छन् । चलचित्रका केहि दृश्यले दर्शकलाई भक्कानिने समेत बनाएको छ ।

yo-katha-ho-timro-meroचलचित्रमा सुमन सिंहको अभिनयलाई दर्शकले खुवै मन पराइएको बुझिएको छ । त्यस्तै चलचित्रकी नायिका रिश्ता बस्नेतको अभिनयलाई पनि दर्शकले मन पराएका छन् । सोहि मितिमा एकसाथ प्रदर्शनमा आएको चलचित्र उत्सवले भने सोचे अनुरुपको व्यापार नगरिरहेको स्रोतले बताएको छ ।  चलचित्र हेरेपनि दर्शकले राम्रो चलचित्र बनेको भन्दै तारिफ गरेपछि यति बेला चलचित्र युनिट निकै हौसिएको छ । सामाजिक प्रेमकथामा आधारित चलचित्र यो कथा हो तिम्रो मेरो मा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना आदिको अभिनय रहेको छ। रमेश प्रजापति र अनिल हेक्काको लगानी रहेको फिल्ममा विकास चौधरीले संगीत दिएका छन्। चार गीत संग्रहित फिल्ममा दीपक लिम्बु, रजिना रिमाल, राजेशपायल राई, मनीषा पोखरेल, शिव परियार, प्रविशा अधिकारीको स्वर समेटिएको छ।

Back To Top