Wed. May 8th, 2024

बलिउडस्टार अभिषेक बच्चन सगँ बिबाह भए सगै चलचित्रमा देखिन छोडेकी पुर्व विश्वसुन्दरी एवं बलिउडकी चर्चित नायिका ऐश्वर्या राय अब बलिउड फिल्ममा फेरी देखिने भएकी छिन् । छोरीको लालनपालनको बढि ध्यान दिने भएका कारण ऐश्वर्याले फिल्ममा खेल्न अहिले सम्म मानेकी थिइनन् । अब भने उनकी छोरी पनि स्कुल जाने भइसकेकी छिन् । संजय गुप्ताको फिल्म ‘जज्बा’ बाट ऐश्वर्या राय बच्चन फिल्ममा कमव्याक हुने भएकी हुन् ।

airfan and as

यस फिल्ममा संजयले अरु हिरोलाई चयन गरेका थिए तर ऐश्वर्याले उक्त हिरो मन नपराएपछि संजयले इरफानलाई फिल्मको हिरोको लागी चयन गरेका थिए र ऐश्वर्याले पनि इरफानलाई हिरोको रुपमा स्विकृत गरेकी थिइन् । बुझ्नमा आए अनुसार इरफान र ऐश्वर्या पहिला निकै नजिकका मित्र मानिन्थे । फिल्ममा ऐश्वर्या एक वकिलको भुमिकामा देखिने छिन् भने इरफान पुलिस इंलिसपेक्टरको भुमिकामा देखिदै छन् । ऐश्वर्या र इरफान पहिलो पटक एकसाथ दिखिने भएका हुन् ।

%d bloggers like this: