Wed. Feb 5th, 2025

१२ बर्ष पछि निर्देशन कार्यमा फर्किएका एक सफल निर्देशक शम्भू प्रधानको पछिल्लो पटक निर्देशन गरेको चलचित्र रंग बैजनी अब प्रदर्शनको तयारीमा रहेको छ । हिजो शम्भू प्रधानले पत्रकार सगँ भेटघाट गर्दै चलचित्र निर्माण हुनु अघि कलाकार खोज्दाको निकै रमाइलो घटनाको याद दिलाएका छन् । आफ्नै छोरी ईश्वरी प्रधानलाई चलचित्रको मुख्य भुमिका खेलाउन चाहान्थे शम्भु तर छोरीले चलचित्र खेल्न नमान्दा नायिका रेखा थापालाई समेत नायिकाको रुपमा पक्का गरिसकेका शम्भुले छोरी नखेलेपछि रेखाले पनि हात झिकिदिएकी थिइन् ।

10603486_359051447576775_8287313118536711540_n

त्यसपछि नायिका र नायक खोज्ने क्रममा शम्भुले गरिमा पन्त र सुमिना घिमिरेलाई रोजे र नायकमा चर्चित मोडल दिक्पाल कार्कीलाई नायकको रुपमा खडा गरेको निकै रमाइलो घटनाको याद शम्भुले पत्रकारहरुलाई बताए । अहिले चलचित्रको प्राय सम्पुर्ण काम सकिसकेको छ । र हिजो नै चलचित्र रंग बैजनीको अर्को गीत ‘हे राम’ नामक गीत नायिका गरिमा पन्तले सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा चलचित्रकी नायिका सुमिना धिमिरे भने उपस्थिित थिइनन् । चलचित्र ‘रंग बैजनी’ मा नायिका गरिमा पन्त र सुमिना घिमिरे रहेका छन् भने नायकमा दिक्पाल कार्की देखिने भएका छन् । चलचित्रलाई नुतन प्रधानले निर्माण गरेकी छिन् । नुतन शम्भु प्रधानका श्रिमती समेत हुन् ।