Fri. Apr 26th, 2024

प्राय चलचित्रबाट निकै राम्रो अभिनयको पखरी भिरेका नायक सौगात मल्ल अब मंसिर ५ गते महाराज बन्ने भएका छन् । तर यो बास्तविक नभई श्री ५ अम्बरे नामक चलचित्रमा सौगात महाराज बन्ने भएका हुन् । अन्तराल चलचित्रबाट निकै राम्रो प्रतिक्रिया बटुलेकी महिला निर्देशक दिपा बस्नेतले निर्देशन गरेको चलचित्र श्री ५ अम्बरे मंसिर ५ गते देशभर प्रदर्शनमा आउन लागेको हो ।

10615580_897882416908216_1001015838010381667_n

चलचित्र श्री ५ अम्बरेको फर्स्टलुक पोस्टर तथा टिजर रिलिज गरिएको श्री ५ अम्बरेले मंसिर ५ गते अल नेपाल रिलिज मिति तोकेको छ । सार्वजानिक गरिएको पोस्टरमा सौगात महाराजको आसनमा बसेको देख्न सकिन्छ । चलचित्रमा सौगातसँगै प्रियंका कार्की, केकी अधिकारी,सृजना अधिकारी, बिक्रम सिंह, यमवुद्ध, दिवाज राई, मार्टिन खान लगायतको अभिनय रहेको छ । ‘जीवनसाथी फिल्मस्’को व्यानरमा निर्माण भएको ‘श्री ५ अम्बरे’लाई टिएन आचार्य र दिपक आचार्यको लगानी रहेको छन् ।

टिजर हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=pCo-2aqwNjE

%d bloggers like this: