Fri. Mar 14th, 2025

भाद्र १३ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र यो कथा हो तिम्रो मेरो सबैले हेर्न पाउने भएको छ । अर्थात चलचित्रले सेन्सर बोर्डबाट ‘यूनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ । पारिवारिक प्रेम कथामा आधारित चलचित्र ‘यो कथा हो तिम्रो मेरो’लाई ओम प्रतिकले निर्देशन गरेका हुन् । सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् ।

yo-katha-ho-timro-mero

चलचित्रमा रमेश प्रजापति र अनिल हेक्काको लगानी रहेको फिल्ममा विकास चौधरीले संगीत दिएका छन्। चार गीत संग्रहित फिल्ममा दीपक लिम्बु, रजिना रिमाल, राजेशपायल राई, मनीषा पोखरेल, शिव परियार, प्रविशा अधिकारीको स्वर समेटिएको छ। सामाजिक प्रेमकथा भनिएको चलचित्र यो कथा हो तिम्रो मेरो का केहि गीतहरु अहिले बजारमा राम्रंो प्रतिक्रिया बटुल्दै गइरहेको छ ।