Wed. Feb 5th, 2025

२०६१ साल भाद्र महिनाको १५ गते इराकमा १२ जना नेपालीको हत्या भएको थियो। तिनै १२ जना नेपाली हरुको हत्या कसरि किन भएको थियो भन्ने बारेमा अध्ययन गरेर निर्देशक अरुण प्रधानले चलचित्र ‘१२ नेपाली एक चिहान’तयार पारेको चलचित्र ‘बाह्र नेपाली एक चिहान’ले सेन्सर पास गरेको छ । बुधबार चलचित्र बिकास बोर्डमा सेन्सर सदस्यले फिल्म हेर्दै फिल्मलाई सार्वजनिक प्रदर्शनीका लागि अनुमति दिएको हो ।

12-nepali-ek-chihan

यस अघि चलचित्र ‘१२ नेपाली एक चिहान’ प्रदर्शन हुन नदिन सञ्चार मन्त्रालयले चलचित्र बिकास बोर्डमा पत्र पठाएको थियो । त्यसपछि चलचित्र बिकास बोर्डले सेन्सर पास गराएको थिएन् । चलचित्रमा राजन खतिवडा,जतिन ताम्राकार,रबिन्द्र झा,बिक्रम सिंह,उत्तम जंग लिम्बु,राम भजन कामत,सुशील थापा मगर,घनश्याम मिश्र,निरञ्जन मेहता,सोनु जयन्ति,प्रजा प्रधान,मिलन श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ।