Fri. Apr 19th, 2024

बलिउड स्टार अजय देवगनको पछिल्लो चलचित्र ‘सिंघम रिटर्न्स’को केहि दृश्य भारतयी सेन्सर बोर्डले काटिदिएको छ । फिल्मको ट्रेलरमा देखिएको केहि दृश्यमा हिन्दु संगठनहरुले आपत्ति जनाएका थिए । फिल्म बोलिएको केहि सम्वादहरुमाथि आपत्ति जनाउदै हिन्दु संगठनहरुले अदालतमा समेत मुद्धा दायर गरेका थिए ।
0a52bcc4-a0e6-4990-a852-625cb19411a1Wallpaper1-660x330
त्यस कारणपनि चलचित्रको केहि सम्वादमा भारतीय सेन्सर बोर्डले कैची चलाइदिएको छ । एक भारतीय सञ्चार माध्यमले बताए अनुसार फिल्मलाई यूए सर्टिफिकेट दिनु भन्दा पहिला केहि अल्पसंख्यक र बहुसंख्यक समाजका व्यक्तिहरुले फिल्मको केहि सम्वाद हटाउन आग्रह गरेका थिए । फिल्मको ट्रेलरमा देखाइएको केसर रंगको झण्डा एक राजनितिक धार्मिक संगठनलाई केन्द्रित र्गदछ । सेन्सर बोर्डले सोहि कारण चलचित्रका केहि दृश्य र सम्वाद काटेको छ । निर्देशक रोहित शेट्टीले यस चलचित्रलाई पनि निर्देशन गरेका हुन् । फिल्ममा करीना कपुर र अजय देवगनको मुख्य भुमिका रहेको छ । फिल्म १५ अगष्टमा रिलिज हुदैछ ।

%d bloggers like this: