Sat. Apr 20th, 2024

‘होस्टल’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक हेमराज बिसीले निर्देशन गरेको पछिल्लो चलचित्र ‘सम्बोधन’भदौ ६ गते देशभर प्रदर्शनमा आउन लागेको छ । चलचित्र सम्बोधन लाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । भ्रष्टाचारको कथालाई उठान गरिएको यो चलचित्रमा दयाहाङ राई, नम्रता त्रिचन्द्र कलेजका स्ववियू सभापती समेत रहेका भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

sambodhan1

चलचित्र सम्बोधनमा नायिका नम्रता श्रेष्ठ क्राइम रिपोटरको भुमिकाको रुपमा देखिदै छिन् भने नायक दयाहाङ भने पुलिस अफिसरको रुपमा देखिदै छन् । निर्देशक बिसीले नै यो चलचित्र लेखेका हुन् । चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ । चलचित्र निर्माणकै क्रममा राम्रो प्रतिक्रिया आईरहेकाले चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । रेड रोज इन्टरटेन्मेन्टको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ । बजारमा यति बेला चलचित्रको ‘आज आजको होकी “ नामक गीतले बजारमा चर्चा कमाउदै गएको छ ।

%d bloggers like this: