Fri. Apr 26th, 2024

भाद्र ६ गते प्रदर्शन हुन लागेको चलचित्र ताण्डवको र्‍याप गीत सार्वजानिक भएको छ । आशिष राना ‘लाउरे’को स्वरमा रहेको ‘पुथ्वी गोला र तर गोला छ भन्दै दुख नगरि कसैको पालो आउने बाला छैन’ नामक ‘ताण्डव’को र्‍याप गीत आज युटुब मार्फत रिलिज गरिएको छ ।

Capture

विज्ञापनका लागी विभिन्न उपायहरु अघि सार्दै आएका ताण्डवलाई बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेका छन् भने चलचित्रलाई मोहन डोटेलले निर्माण गरेका हुन् । फिल्म ‘ताण्डव’ मा नम्रता र लाउरेका साथमा अनुप बराल, एलिन गुरुङ, विपिन कार्की, प्रमोद अग्रहरी आदिको अभिनय रहेको छ । चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक र्गनुहोला । 

%d bloggers like this: