Tue. Apr 23rd, 2024

10404530_10152533106460295_1793139579978518012_nकेहि दिन अगाडी चलचित्र ‘नाई नभन्नु ल २’ को सफल्ताको पार्टीमा नायिका प्रियंका कार्कीको भित्री बस्त्र मिडियाले सार्वजानिक गरेपछि प्रियंकाले सो फोटो फोटोसपले बदनाम गरिएको कुरा फेसबुक मार्फत सार्वजानिक गरेपछि नायिका प्रियंका निकै विवादमा रहिन । प्रियंकाले सो कुरा फेसबुक मार्फत बताए पछि चलचित्र पत्रकार जीवन पराजुलीले प्रियंकाको स्टाटसले पत्रकारिता र पत्रकारहरुको नै धज्जी उडाएको भन्दै चलचित्र पत्रकार संघमा उजुरी दिएका थिए । करिब एक हप्ताको बहस पछि आज प्रियंका सो विवाद बाट मुक्त भएकी छिन् । उजुरी परेपछि करिब एक हप्ता सम्म लिखित जबाफ पठाउन प्रियंकालाई आग्रह गरिएको थियो । र आज प्रियंकाले संघलाई पत्र प्रेसित गरेकी थिइन् । पत्रमा प्रियंकाले भनेकी छिन् । ‘संचारकर्मी तथा पत्रकार साथीहरुसँग मेरो सम्बन्ध सधै राम्रो रहिआएको र आउँदो दिनहरुमा पनि यो सम्बन्ध कायमै राख्नका लागि मैले लेखेको स्टाटसमा व्यक्तिगत रुपमा कसैको नाम नलिएको अवस्थामा पनि कसैले चित्त दुखाउला वा कसैले व्यक्तिगत रुपमा लिनुहोला भन्ने सोँच राखेर नै उक्त स्टाटस सम्मानपूर्वक आफ्नो शब्दहरु फिर्ता लिँदै हटाएँ ।’ ‘जुन स्टाटसले गर्दा यो कुरा यहाँसम्म आइपुगेको छ, उक्त स्टाटस नै हटाएको अवस्थामा यो सम्पूर्ण मामला यहि नै टुङ्गिने मैले वुझेकी छु ।’ नायिका कार्कीले पत्रकार र कलाकारको सहकार्य सधै रहिरहोस् भन्दै निवेदन पेश गरेकी हुन् ।’ अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा आफुले लेखेको स्टाटसका आवेगमा आएर लेखेको प्रियंकाले बुझाएको पत्रमा उल्लेख छ । आज चलचित्र पत्रकार संघका महासचिव सन्दिप सापकोटाले जारी गरेको विज्ञप्तीमा अब सम्पुर्ण विवाद समाप्त भएको बताइएको छ ।
प्रियंकाले संघलाई प्रेसित गरेको पत्र :
 
10312559_10152545389730295_6677072535285689437_n
 
 
आज चलचित्र पत्रकार संघले जारी गरेको प्रेस विज्ञप्ती :
प्रेस बिज्ञप्ती
अभिनेत्री प्रियंका कार्कीसँगको बिबाद अन्तत आएर समाधान भएको छ । अभिनेत्री कार्कीको फोटो प्रकरणलाई लिएर उनले फेसबुक स्टाटस मार्फत प्रेस बिरुद्ध अभिव्यक्ति दिएपछि उनि बिरुद्ध चलचित्र पत्रकार संघका सदस्य जीवन कुमार पराजुलीले अभिनेत्री कार्कीको अभिव्यक्तिलाई लिएर संघमा उजुरी हालेका थिए । प्रेसको मर्यादा भुल्न नहुने भन्ने बिषयमा अभिनेत्री प्रियंका कार्कीसँग चलचित्र पत्रकार संघले वहस थालेको थियो । अन्तत अभिनेत्री प्रियंका कार्कीले तत्कालिन अवस्थामा आवेगमा आफुले सो स्टाटस राखेको र प्रेसको सम्मान गर्दै स्टाटस हटाएर अभिव्यक्ति फिर्ता लिएका कारण जनाएकोले अभिनेत्री कार्कीसँगको बिबाद टुङ्गिएको हो । अभिनेत्री कार्कीले चलचित्र पत्रकार संघलाई लेखेको पत्रमा भनेकी छिन ”सञ्चारकर्मी तथा पत्रकार साथीहरुसँग मेरो सम्बन्ध सधै राम्रो रहिआएको र आउदो दिनहरुमा पनि यो सम्बन्ध कायमै राख्नको लागि, मैले लेखेको स्टाटसमा व्यक्तिगत रुपमा कसैको नाम नलिएको अवस्थामा पनि कसैले चित्त दुखाउला वा कसैले व्यक्तिगत रुपमा लिनुहोला भन्ने सोच राखेर नै उक्त स्टाटस सम्मान पुर्वक आफ्नो शब्दहरु फिर्ता लिदै हटाए । जुन स्टाटसले गर्दा यो कुरा यहाँसम्म आइपुगेको छ, उक्त स्टाटस नै हटाएको अवस्थामा यो सम्पूर्र्ण मामला यहि नै टुङ्गिने मैले बुझेकी छु । कलाकार र पत्रकारको सहकार्य र मेलमिलापले नै चलचित्र उधोग बिकासको पथमा लम्किने भएकोले, हाम्रो सहकार्य सधै रहिरहोस भन्ने कामना सहित यो निवेदन पेश गरेकी छु । – प्रियंका कार्की ।
माथि उल्लेखित अभिव्यक्ति आफ्नो स्टाटस सच्याउदै अभिनेत्री प्रियंका कार्कीले शब्द फिर्ता लिएकोले यो विवाद टुङगाइएको छ । सम्पूर्ण उधोगको बिकाशमा कलाकार वा चलचित्रकर्मी र चलचित्र पत्रकारहरुको हातेमालो जरुरि छ । आगामी दिनमा पनि कुनै चलचित्रकर्मीवाट प्रेस जगतको मर्यादा उल्लङ्घन नहोस र पत्रकारहरुवाट पनि प्रेसको मर्यादा कार्यान्वयन गर्दै कार्यरत रहन अनुरोध गरिन्छ । सके सम्म कलाकार होस् वा पत्रकारवाट बिबाद आउने काम नै नगर्न र कथंकदाचित आइहालेमा चलचित्र पत्रकार संघ सहजीकरण भूमिका निभाउन तत्पर रहेको समेत यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराईन्छ । धन्यवाद ।
सन्दिप सापकोटा 
महासचिव

%d bloggers like this: