Fri. Sep 30th, 2022

भाद्र ६ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘सम्बोधन’ को गीत रिलिज भएसंगै ट्रेलर पनि रिलिज गरिएको छ । ‘सम्बोधन’ नव नायक विनय भट्ट तथा नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
sambodhan
‘यसअघि आज आजको हो की हिजो भोलिको’ शिर्षकको गीत युटुब मार्फत सार्वजनिक गरिएको थियो।
चलचिब सम्बोधन लाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । भ्रष्टाचारको कथालाई उठान गरिएको यो चलचित्रमा दयाहाङ राई, नम्रता त्रिचन्द्र कलेजका स्ववियू सभापती समेत रहेका भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक बिसीले नै यो चलचित्र लेखेका हुन् । चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ । चलचित्र निर्माणकै क्रममा राम्रो प्रतिक्रिया आईरहेकाले चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।
हेर्नुस ‘सम्बोधन’ को यो ट्रेलर: