केहि दलित संघसंस्थाको विरोधका कारण लोक गायक पशुपति शर्माले आफ्नो तीजको गीत बन्द गरेको घोषणा गरेका छन् । तिजलाई लक्षित गरेर बजारमा ल्याएको गीत केको बाहुन, केको कामी, के को जनजाति जातका कुरा गर्नेहरु देशको लागि घाती जातका कुरा गर्नेको दिमाग कहाँ छ मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गई मैले गुर्सिनी ल्याकै हो, हामी नेपाली हौ, मलाई त्यत्ति थाहा छ, नामक गीतले यति बेला गायक पशुपति शर्मा विवादमा परेका हुन ।
शर्माले आज जारी गरेको बिज्ञप्तिमा उल्लेखित गीत रोकेको जानकारी दिएका हुन। उनले जारी बिज्ञप्तिमा भनिएको छ , तीजको गीतको मर्म र भावना कुनै समुदायप्रति लक्षित होइन, तर गलत प्रचार गरिएकाले बन्द गर्नुपरेको छ । ’
‘गीतभित्र प्रयोग भएका केही शव्दप्रति केही समुदायले आपत्ति जनाएको र शव्द हटाउन गरिएको आग्रहलाई म सम्मानका साथ ग्रहण गर्दछु । ’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
वास्तवमा उल्लेखित गीत कुनै पनि समुदाय र जातजातीको मानमर्दन गर्न प्रकाशित गरेको नभई समाजिक कुरीति बिरुद्ध लक्षित गरेको शर्माको बिज्ञप्तिमा भनिएको छ । आशिष म्यूजिक प्रा।लीले बजार प्रर्वद्धन गरेको शर्माको गीत रेडियो टेलिभिजन प्रसारणमा समेत रोक लगाइएको गायक शर्माले नेपाली कलालाई बताए ।
उबकजगउबतष्)कजबचmबशर्माले भने ‘ अवदेखि कुनै पनि सार्वजनिक सञ्चार माध्यममा गीत देखाइने छैन । ’ शर्माले बन्द गरिएको गीत कुनै पनि सार्वजनिक सञ्चार माध्यममा प्रसारण नगरीदिन समेत आग्रह गरेका छन् ।
गीतको बिषयलाई लिएर केही दलित संघसंस्था र व्यक्तिले टिकाटिप्पणी गर्दै आएका थिए ।
आशिष म्यूजिकका निर्देशक रामजी पन्तले गीत निर्माणमा ठूलो लगानी भएको तर समाजिक सदभाव कायम राख्न पनि गीत बन्द गर्न परेको नेपाली कलालाई बताए ।
पन्त भन्छन् ‘ गीतको भाव राम्रो हो तर बुझ्नेले गलत अर्थ लगाएकाले लगानी डुवे पनि गीत रोक्न बाध्य भएका हौं । ’
गायिका देविका केसीले म त अझै पनि भन्छु हाम्रो गीतले कसैको मन दुखाउने मनसाय हैन । गीतको बिरोध गर्नु त्यति राम्रो हैन ।-नेपाली कलाबाट