Fri. Apr 19th, 2024

नीति निर्माण तहमा चलचित्रक्षेत्रका कुनै पनि विषय बस्तुहरु समावेश नभइरहेको तितो यर्थाथमा आज विहान चलचित्र कलाकार संघको टोलीले नेकपा माओवादी नेता तथा संवैधानिक राजनीतिक संवाद तथा सहमती समितीका सभापति डा.बाबुराम भट्टराइलाई भेट गरेका छन् ।
nisha adhikari
भेटमा नेता भटराईले अब बन्ने नयाँ संविधानमा चलचित्र क्षेत्र का हरेक कुरालाई अटाइने बताएका अभिनेत्री निशा अभिकारीले बताएकी छिन् । चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्काको नेतृत्वमा गएको टोलीले कलाकार संघको तर्फबाट २ बुँदे सुझाव समेत भटराईलाई समक्ष प्रस्तुत गरेका थिए ।
कलाकार संघको तर्फबाट प्रस्तुत गरिएको २ बुँदे सुझावमा ‘मौलिक हक’ र ‘राज्यको दायित्व’ रहेका छन् । मौलिक हक अन्र्तगत ‘चलचित्र अभिव्यक्ति सम्प्रेषणको सशक्त माध्यम भएकाले चलचित्र निर्माण गर्न वा प्रदर्शन गर्न कुनै प्रतिवन्ध लगाइने छैन’ भनी उल्लेख गरिएको छ । यस्तै, अर्को सुझाबमा ‘राज्यको दायित्व’ अन्र्तगत वुँदामा उल्लेख गरिएको छ ।’राज्यले राष्ट्रिय चलचित्र विकासको लागि चलचित्रलाई सिर्जनशिल, सांकृतिक उद्योगको रुपमा स्थापित गरि राष्ट्रिय चलचित्र विस्तार, विकास एवं संरक्षणका लागि सकारात्मक विभेदका आधारमा विशेष व्यवस्था गर्ने नीति अबलम्बन गर्नेछ ।’
यस २ बुँदे सुझाव प्रति डा. भटराई सकारात्मक देखिएका कलाकार संघका अध्यक्ष नवल खड्काले बताएका छन् । र सो सुझाब प्रस्तुत भएपछि डा. भटराईले यि सुझाबहरुलाई अब बन्ने नयाँ संविधानमा अटाउने विस्वास व्यक्त गरेका छन् ।

%d bloggers like this: