Fri. Apr 26th, 2024

भाद्र ६ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘ठुली’ नेपालमा मात्र नभई अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउन चलचित्र ‘ठुली’ भाद्र २२ गते भने अमेरिकामा प्रदर्शन हुने छ ।
thuli nepali movie
एभरेस्ट सूर्य बोहोराले निर्देशन गरेका चलचित्र “ठुली”मा पुष्कर पन्तले लगानी गरेका छन् । चलचित्रमा नायक जीवन लुइटेल, नायिका गरिमा पन्त, कन्चन ठकुरी, निला बस्नेत, विशाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ । यति बेला नेपाली बजारमा चलचित्र ठुलीको गीतले राम्रो चर्चा कमाइरहेको छ ।
चलचित्र ‘ठुली’ बास्तविक घटनामा आधारित रहेको चलचित्र युनिटले बताउदै आएको छ । चलचित्र ठुलीको यस अधि नै गीत र ट्रेलर सार्वजनिक भइसकेको छ ।

%d bloggers like this: