Fri. Apr 26th, 2024

काठमाडौ,यसअघि समग्रमा असफल नतिजा बेहोर्नुपरेतापनि समिक्षकबाट अधिक प्रशंसा बटुल्न सफल फिल्म ‘रोबोट’ को सिक्वेल बन्ने पकका भएको छ । यही क्रममा फिल्मको सिक्वेलका लागि आमिरलाई फिल्ममा भिलेनको रुपमा उतार्न कम्मर कसेर लागेको छ। robo9
तर  रजनीकान्त नायक नै हुने पक्का छ भने भिलेनका लागि कुरा भइरहेको छ। फिल्म आगामी वर्षदेखि सुटिङमा जाने बताइएको छ। यदि आमिरले भिलेनको रोललाई स्वीकार गरे भने चाहिँ रजनीकान्तका फ्यानले उनलाई कत्तिको स्वीकार गर्लान् ? हेर्नैपर्ने हुन्छ।
दक्षिण भारतमा रजनीकान्तलाई भगवान् मानेर पूजा गर्ने गरिन्छ। उनको फिल्म रिलिजको दिन उत्सव नै लाग्ने गर्छ। फ्यान फ्लोइङको जबरजस्त नमुना कहीँ छ भने दक्षिण भारतमै छ। अब रजनीलाई भगवान् मानेर फिल्म हेर्ने दर्शकको उनीविरुद्ध खेल्ने भिलेनप्रति कस्तो प्रतिक्रिया हुँदो हो। रमाइलो त के भने यदि रजनीकान्तले फिल्ममै सही भिलेनको पिटाइ खाए भने मात्रै पनि त्यो फिल्म फ्लप हुन्छ रे। अथवा, फ्यानहरू रजनीले कसैको पिटाइ भेटेको हेर्न तयार छैनन्। यस्तो परिस्थितिमा अब रजनीको भिलेनमा यतिबेला बलिउडका मिस्टर पर्र्फेसनिस्ट देखा पर्ने चर्चा चलेको छ।Amir-khan
‘धुम ३’ मा भिलेन भएरै तारिफ कमाएका आमिरलाई अब भिलेनको रोल स्वीकार गर्नु खासै समस्या त भएन। अझ ुरोबोटु जस्तो सुपरहिट फिल्म दिएका निर्देशक एस शंकरको फिल्मका लागि आएको अफर आमिरका लागि लत्याइहाल्ने पनि नहोला। यतिबेला दुईबीच बातचित चलिरहेको छ। खेल्ने पक्का भने भइसकेको छैन। तर निर्देशक जोडतोडले लागिपरेका छन्। आमिरलाई खेलाउने सवालमा पहिलो फिल्म ‘रोबोट’ मा भने उनी असफल भएका थिए। ऐश्वर्या रायको अपोजिटमा खेल्न आमिर बाहेक शाहरुख खानका लागि पनि अफर गरिएको थियो तर निर्देशक शंकर सफल भएनन् र प्रस्ताव लिएर रजनीकान्तकहाँ पुगेका थिए।

%d bloggers like this: