Fri. Mar 29th, 2024

विकास बहलले चलचित्र ‘क्वीन’ पछि फिल्म ‘शानदार’ निर्देशन गर्ने भएका छन् । यस चलचित्रमा शाहिद कपूर र आलिया भट्ट चलचित्रमा देखा पर्ने छन् । आलियाले भनेकी छिन् ‘म विकासको फिल्ममा शानदार भमिकामा अभिनय गर्ने छु । मलाई उनको फिल्म क्वीन निकै मन परेको थियो । म यो देख्नका लागी आतुर छु कि फिल्ममा मेरो अभिनयको साथ के प्रयोग गर्नेछन् ।’
alia bhatta
उनी यस बारेमा पनि निकै खुसी छिन् किनकी उनको साथमा शाहिदले काम गर्दैछन् । उनले भनेकी छिन् ‘शाहिदको म निकै ठुलो फयान हु । ‘जब म ११ बर्षको थिए तब मैले शाहिदको पहिलो फिल्म इश्क विश्क देख्न गेइटी-गैलेक्सी (मुंबई) को सिनेमाघरमा गएको थिए । त्यति बेला देखी नै हो म शाहिदको निकै ठुलो फयान भएको ।’ ‘शाहिद निकै राम्रो अभिनय र्गछन् जति मैले सुनेको छु शाहिद निकै ठुलो मददगार सह-अभिनेता पनि हुन् ।’
अहिले सम्म आलियाले जति पनि अभिनेता सगँ काम गरेकी छिन् उनीहरु भन्दा शाहिद सबैभन्दा भिन्दै पीढ़ीका हुन् । आलियाले शाहिदको निकै प्रसंशा गरेकी छिन् ।

%d bloggers like this: